कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्षमाथि कांग्रेसकै युवा नेता गगन थापाले आक्रमण गरेको आरोप लागेको छ ।
आज मंगलबार बिहानै एक समूहले अध्यक्ष रञ्जित कर्णलाई उनकै घरमा गएर आक्रमण गरेको थियो । काठमाडौंको हाँडीगाउँमा रहेको कर्णको घरमा गएर सो समूहले उनीमाथि आक्रमण गर्नुका साथै कालोमोसो समेत दलेको थियो ।
कर्णले यो आक्रमणमा कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापा र कुन्दनराज काफ्लेको टिमले आक्रमण गरेको दावी गरेका छन् । उनले हतियार बोकेको एक टिमले आफ्नो निवासमा एक दर्जनको संख्यामा रहेको समूह आएर सांघातिक आक्रमण गरेको बताएका छन् । सोही आरोपमा कर्णले कुन्दनराज काफ्ले सहित ११ जना विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि किटानी जाहेरी मुद्दा समेत दिएका छन् । आक्रमणपछि पत्रकार सम्मेलन गर्दै कर्णले सो जानकारी दिएका हुन् ।
नेविसंघ केन्द्रीय कार्यालय सचिव शिव लम्सालले कर्णमाथिको आक्रमणमा सभासद गगन थापाको सम्लग्नताले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् । यसले थापाको छविमाथि नै दाग लाग्ने बताउँदै गुण्डागर्दीबाट कोही पनि जनताको नेता बन्न नसक्ने बताए ।
नेविसंघभित्र लामो समयदेखि सांगठनिक विवाद रहँदै आएको थियो । खासगरी बिभिन्न कलेजमा संगठन निर्माण गर्ने क्रममा एउटा टिमले अर्को टिमको अस्तित्व अस्वीकार गर्दै आएको थियो । सो समूहले कर्णमाथि आर्थिक चलेखल गरेर संगठन बनाउने गरेको आरोप समेत लगाउने गरेका थिए । पैसा लिएर कतै अर्को संगठन बनाउने त कतै पैसा लिएर भएको संगठन समेत भंग गर्ने गरेको आरोप कर्णमाथि सो समूहले लगाउँदै आएको थियो ।
नेविसंघका अन्य नेताहरुले गगन थापाले नै कर्णमाथि आक्रमण गर्नुको कारण खोजिरहेका छन् । केहीले यस्तो आक्रमणमा थापाको सम्लग्नता हुन नसक्ने दावी पनि गरेका छन् । थापा आफै यो आक्रमणको योजना निर्माणमा किन सम्लग्न भए भन्ने कौतुहलता धेरैलाई जागेको छ । उनले आफ्नै निकटका मान्छेलाई नेविसंघको नेतृत्वमा ल्याउन पहल त कतै गरिरहेका छैनन भन्ने शंका पनि सुरु गरिएको छ । कुनै समय नेविसंघकै नेता रहेका थापा अहिले समकालीन युवा पुस्तामा प्रभावशाली नेताका रुपमा आफ्नो छवि स्थापित गरेका छन् ।