हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Home » » इजरायलले तीन सय नेपाली कामदार लाने सहमति

इजरायलले तीन सय नेपाली कामदार लाने सहमति

Written By Unknown on Sunday, January 11, 2015 | 1:29 AM

google add ya halne xml
google add ya halne xml
काठमाडौं : इजरायलले चरणबद्ध रूपमा तीन सयजना नेपाली कामदार लिने प्रस्ताव नेपाललाई पठाएको छ। नेपालले कामदार लिन आग्रह गर्दै पठाएको कार्यविधिसम्बन्धी मस्यौदाको पाँच महिनापछि औपचारिक जवाफ पठाउँदै रोजगारीको यो आकर्षक गन्तव्य मुलुकले एक पटकमा ५० जनाका दरले नेपालीलाई रोजगारी दिने बताएको हो। 

कामदारले नर्सिङसम्बन्धी तीन महिनाको कोर्स गर्नुपर्ने प्रस्ताव इजरायलले गरेको छ। कुल कामदारमध्ये ८० प्रतिशत महिला र २० प्रतिशतमात्र पुरुष हुनुपर्ने रोजगारदाता मुलुकको प्रस्ताव छ। नेपालले भने सबै प्रस्तावमा सहमति जनाएको छैन। इजरायलले राखेको प्रस्तावमा पुनर्विचार गर्न आग्रह गर्दै नेपालले अर्को पत्र पठाएको हो। 


नेपालले एक साताअघि परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै तीन सय जना कामदार एकैसाथ लिन नसक्ने भए कम्तीमा पनि दुईपटक गरेर लिन आग्रह गरेको छ। पहिलो चरणमा एक सयजना र बाँकी दुई सयजना दोस्रो चरणमा लिन श्रम तथा रोजगार मन्त्रालयले प्रस्ताव गरेको हो। 
कामदारले नर्सिङसम्बन्धी तीन महिनाको कोर्स गर्नुपर्ने प्रस्ताव इजरायलले गरेको छ। कुल कामदारमध्ये ८० प्रतिशत महिला र २० प्रतिशतमात्र पुरुष हुनुपर्नेछ।
इजरायलले नेपाललाई एक साताअघि आफ्नो औपचारिक जानकारी पठाएको हो। यसअघि दुई देशबीच गत भदौ तेस्रो साता दुई देशका अधिकारीबीच भएको वार्तामा पाइलट प्रोजेक्टअन्तर्गत तीन सयजना नेपाली कामदार लिन इजरायल सहमत भएको थियो। 

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले नेपालले पठाएको मस्यौदामा इजरायलले औपचारिक जवाफ पठाएकाले अब कामदार पठाउने प्रक्रिया अघि बढाउन सजिलो हुने बताए। 

यसैगरी, नेपालले एक सय ८० घन्टा तालिम लिएका व्यक्तिलाई पनि लिने व्यवस्था गर्न अनुरोध गरेको छ। इजरायलले टिकट खर्च जाने कामदार आफैंले व्यहोर्नुपर्ने अवगत नेपाललाई गराएको छ। 

नेपालले भने एकतर्फी भए पनि टिकट खर्च रोजगारदाताले व्यहोर्न आग्रह गरेको छ। इजरायलले गरेको प्रस्तावमा नेपालले सहमति जनाएको भए तत्कालै कामदार पठाउन सकिने अवस्था हुन्थ्यो। 

इजरायलले सुरुमा आफ्नो मुलुकमा काम गर्न जानेले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने अडान लिएको थियो। नेपालको आग्रहपछि १० कक्षा पास गरेकालाई लिन रोजगारदाता मुलुक सहमत भएको छ।

तर, कामदारले अंग्रेजीमा भाषासम्बन्धी तालिम लिनुपर्नेछ। छनोटअघि पनि तालिम लिनुपर्ने र छानिएपछि पुन: एक महिनाको तालिम लिनुपर्ने प्रस्ताव इजरायलले गरेको छ। 

अन्तर्वार्ता अडियोभिडियोका माध्यमबाट लिनुपर्ने रोजगारदाता पक्षको अडान रहेको छ। नेपालले पठाएको पत्रमा सकेसम्म प्रक्रिया सरलीकरण गर्न अनुरोध गरिएको छ। ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष कामदार लिने इजरायलको प्रस्ताव परिमार्जन गरी महिला ५० प्रतिशत र पुरु ष ५० प्रतिशत कायम गर्न नेपालले प्रस्ताव गरेको छ। 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले इजरायलले गरेको प्रस्तावमा नेपालले सहमति नजनाएकाले कामदार पठाउने प्रक्रिया केही लम्बिन गएको बताए। 'सबै प्रस्तावमा हामीले सहमति जनाएनौं, पुन: पत्र पठाएका छौं,' उनले भने। 

महिला कामदारलाई इजरायल रोजगारीको आकर्षक गन्तव्य हो। यहाँ जाने कामदारले मासिक एक लाख हाराहारीमा कमाउन सक्छन्। विगत चार वर्षदेखि इजरायलले नेपाली कामदार लिएको छैन। 

म्यानपावर कम्पनीले जाने कामदारसँग चर्को रकम असुलेको भन्दै इजरायलले एक्कासि कामदार लिने प्रक्रिया रोकेको थियो। त्यसबेला पाइपलाइनमा रहेका पाँच सयभन्दा बढी कामदारको करिब १० करोड रुपैयाँ डुबेको थियो। इजरायलमा केयर गिभर, कृषिलगायतमा काम पाइन्छ। 

नेपाललको आग्रहमा सुरुमा पाइलट प्रोजेक्टअन्तर्गत तीन सयजना कामदार लिने र विस्तारै नेपाली कामदारलाई खुला गर्दै जाने जानकारी इजरायलले गराएको छ। स्रोत : अन्नपुर्ण 

ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad
Share this article :

No comments:

Post a Comment

 
Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger