हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Home » » ८ हजार नेपाली युवती वेश्वावृत्तिका लागि दुबईमा तस्करी

८ हजार नेपाली युवती वेश्वावृत्तिका लागि दुबईमा तस्करी

Written By Unknown on Wednesday, January 7, 2015 | 5:39 AM

google add ya halne xml
google add ya halne xml
काठमाडौ, २३ पुस : भारतीय केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा रहेको संस्थाहरूले नेपाली युवतीहरूलाई संगठित संस्थाहरूको मिलोमतोमा वेश्यावृत्तिमा लैजाने गरेको र त्यसको मुख्य ट्रान्जिट प्वाइन्ट दिल्लीको आईजिआई विमानस्थल हुने गरेको सम्बन्धमा चलाएको एक अनुसन्धानले देखाएको छ । 

अनुसन्धानका अनुसार सन् २०१४ को डिसेम्बरसम्ममा करिब ६ देखी ८ हजारको हाराहारीमा २० देखी ३० वर्षका नेपाली युवतीहरू दिल्ली हुँदै दुबईमा बेचिएका छन् ।

अनुसन्धान पछि अनुसन्धानमा लागेका एजेन्सीहरुले विदेश मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग र इन्टरपोलमार्फत नेपालका सम्बन्धित निकायहरुलाई युवतीहरूलाई पर्यटक भिसामा संगठित अपराधीहरूले दुबई पठाउने गरेको जानकारी दिएको छ । स्रोतहरूका अनुसार अनुसन्धानका क्रममा एजेन्सीहरू तथा अनुसन्धानकर्ताहरूले विदेशी क्षेत्रीय पञ्जिकरण कार्यालय, एयर इन्डिया, कतार एयरवेज, अध्यागमन विभाग र दिल्ली प्रधान कार्यालय भएका १५ वटा ट्राभल एजेन्टहरूसँग सूचना लिइएको थियो ।

टाइम्स अफ इण्डियाका अनुसार अनुसन्धानमा खटिएका एक उच्च अनुसन्धानकर्ताका अनुसार युवतीहरूको टिकट लिइने, भिसा दिने र दुबई हुँदै नैरोबी जाने भनेर नैरोबीमा होटेल बुकिंग गरिने गरेको छ तर, विमान दुबई पुगेपछि युवतीहरूको नैरोबीको टिकट र होटेल बुकिंग रद्ध गरिन्छ । युवतीहरूले लुकाएर दुबईमा काम गर्ने भन्दै ‘पेपर भिसा’ समेत बोक्ने गरेका छन् । जब उनीहरूको टिकट दुबईमा पुगेपछि रद्ध हुन्छ, त्यहाँ उनीहरू आफ्ना एजेन्ट भएको स्थानमा पुग्छन् र त्यहाँ २-३ महिना रहन्छन् र फर्किन्छन् । दुबई पुग्दासम्म गरिएका सम्पूर्ण जाँचमा उनीहरूको डकुमेन्टहरू सत्य हुन्छन् । तर पनि दुबई लगायत देशमा यसरी नै युवतीहरू दिल्ली हुँदै बेचिने गरेको भारतीय केन्द्रीय अनुसन्धान ब्युरोसहितका एजेन्सीहरूको अनुसन्धानबाट पत्ता लागेको टाइम्स अफ इण्डियामा समाचार प्रकाशित गरिएको छ ।

अनुसन्धानका क्रममा नैरोबीको टिकट र होटेल बुकिंगका विषयमा गरिएको अनुसन्धसानमा गिरोहले युवतीहरूलाई दुबई सहजै लैजानका लागि गरेको षड्यन्त्र हुन सक्ने अनुमान गरिएको छ । नेपालका अधिकारीहरुले विदेश पठाउनु अघि कागजातहरू राम्रोसँग हेर्ने गरेको, वेश्यावृत्तीलाई निरूत्साहित गर्ने गरेको भएपनि युवतीको बेचबिखन भने रोकिन सकेको छैन् ।

अनुसन्धानमा लागेका एजेन्सीका प्रतिनिधीले गत जुलाईमा दुबईबाट नैरोबीका लागि जाने भन्दै हिडेको एयर एसियाको एक विमानमा जाँच गर्दा ७६ युवतीहरू भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ । तर, ती सबै युवतीहरूको कागजातमा कुनै कमी या खराबी थिएन । एजेन्सीहरूले यस युवतीहरूको बेचबिखनका बारेमा नेपालका साथै भारतका सम्बन्धित निकायहरूलाई समेत पत्र पठाएको समाचारमा जनाइएको छ । उनीहरूले अध्यागमन विभागकै मिलोमतोमा यस्ता घटना हुन सक्ने आशंका समेत पत्रमा व्यक्त गरेको बताइएको छ ।

ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad
Share this article :

No comments:

Post a Comment

 
Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger