google add ya halne xml
google add ya halne xml
काठमाडौं, सुन्तलाको नाम लिँदैमा पनि तपाइँ हामी मध्ये धेरैको मुखमा पानी आउन थाल्दछ । यो फल निकै मिठो हुनुका साथै गुणकारी पनि हुन्छ । सुन्तलामा भिटामिन सि लगायतका पोषण तत्वहरू निकै पइन्छन । तपाइँ हामीहरू सुन्तलाको बोक्रा छोडाएर त्यसलाइ फ्याँक्छौँ र गुदीमात्र खाने गर्दछौं, तर के तपाइँलाइ कहिल्यै थाहा छ कि यति मिठो फल सुन्तलाको बोक्रा पनि मानिसहरूका लागी निकै उपयोगी हुने गर्दछ ।
केही युवतीहरूले सुन्तलाको बोक्रालाइ आफ्नो अनुहार चम्काउनका लागी लेदो बनाएर लगाउने गरेको पनि देख्न सकिन्छ तर धेरैजसो मानिसहरू यस सम्बन्धमा अनविज्ञनै रहेका छन । यहाँ हामी यहि मिठो फल सुन्तलाको बोक्राको प्रयोग गरि यसबाट फाइदा लिने कुराहरूका बारेमा चर्चा गर्दैछौं ।
यदि, अनुहारमा दाग तथा धब्बा छ छ भने सुन्तलाको बोक्रालाई मसिनो गरि पिँधेर त्यसको लेदोमा गुलाव जललाइ मिश्रण गरी लेप बनाएर अनुहारमा नियमित रुपमा लगाउँनाले अनुहारका दागधब्बा हराएर जान्छ ।
कतिपय मानिसहरू कपाल एकदम खश्रो तथा जर्जर हुने समस्याले चिन्तित हुन्छन । यस्तोमा केशलाई सुन्दर तथा सिल्की बनाउका लागि सुन्तलाको बोक्राले निकै सहयोग गर्दछ । यसका लागी सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्दछ । यसपछि केहीबेर सुक्न दिनुपर्दछ, अनि मज्जाले कपाल सफा गर्ने गर्नु पर्दछ । यसो गर्नाले कपाललाई मुलायम तथा चम्किलो बनाउन सकिन्छ ।
सुन्तलाको बोक्रामा छालालाइ शुद्धिकरण गर्ने तत्व प्रचुर मात्रामा पाइन्छ । साथै यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व समेत पाइन्छ । यसका लागी सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दहीलाइ मिसाएर छालामा लगाउनुहोस । यसो गर्नाले मानिसको शरीरको छाला चम्किलो तथा नरम बन्ने गर्दछ । यसका साथै तपाइँ अनुहारको छाला बढि चिल्लो भएर चिन्तित हुनुहुन्छ भने पनि सुन्तलाको बोक्रा वरदान सावित हुन सक्दछ । यसलाइ पिँधेर त्यसमा बेसन मिसाएर त्यसको लेपन अनुहारमा गर्नाले यसले फाइदा पुर्याउँदछ ।
सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण समेत हुन्छ । मानिसहरूमा हुने अपच, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्याहरूका साथै पेटमा पर्ने जुकाका लागी समेत सुन्तलाको बोक्रा खाँनाले फाइदा गर्दछ ।
सुन्तलाको बोक्रा को प्रयोग हृदयरोगको निवारणमा समेत गर्न सकिन्छ । रगतमा उच्च कोलेस्टेरोलको मात्रा जस्तो समस्या हुनेहरूका लागी यसको बोक्रा खानु लाभदायक हुने गर्दछ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खानाले फाइदा पुर्याउँदछ । यसका साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि समेत फाइदा पुर्याउने गर्दछ । विज्ञहरुको भनाइ छ ।
सुन्तलाको बोक्राले निद्रा नलाग्ने समस्या भएकाहरुलाइ समेत फाइदा पुर्याउँदछ । यसका लागी सुन्तलाको बोक्राको सेवन गर्नुपर्दछ । जसले अनिद्रा हटनुका साथै गहिरो निद्रा समेत पर्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको विज्ञहरूले जनाएका छन ।
यति बहुउपयोगी सुन्तलाको बोक्रालाइ अबदेखि नफ्याँकी यसलाइ प्रयोगमा ल्याउने कि ?
ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad

No comments:
Post a Comment