हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Home » » यौनाङ्ग, काखी तथा अन्य ठाउँ को रौं हटाउँदा ध्यान दिनुपर्ने कुराहरु

यौनाङ्ग, काखी तथा अन्य ठाउँ को रौं हटाउँदा ध्यान दिनुपर्ने कुराहरु

Written By Unknown on Wednesday, January 7, 2015 | 9:38 AM

google add ya halne xml
google add ya halne xml
अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ। हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन्। हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। 

रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।

यौन केश के हो ?

यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती(बर्मेलीभन्दा भारतेली(आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ।

के कारणले केश चाँडो बढ्छ ?

यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन रु फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ। टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ।

रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ।

तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्। कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ।

यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक(फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश ९यौनअंग वरिपरिको केश० लाई सजावट गर्ने वा खौरने चलन छ।

रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा
 रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। 

एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ।
शुक्रबार प्राकशित साप्ताहिकमा डा। राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट





ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad
Share this article :

No comments:

Post a Comment

 
Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger