google add ya halne xml
google add ya halne xml
ह्रदयाघात किन हुन्छ र यसको उपचार !
आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आफ्नो परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।बि्रटिस मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो- 'ज्यानथेलास्माटा' नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ ।कोलेस्ट्रोल जम्मा भएपछि यस्तो दाग हुन्छ । त्यस्ता दाग मुलायम, पीडारहित हुन्छन् । दागको असर आँखाको दृष्टिमा पर्दैन । सामान्यतया सबैजसो यसको उपचार छाला रोग विशेषज्ञसँग गराउँछन् ।डेनमार्कमा हर्वेल अस्पतालका अनुसन्धाताहरूले सन् १९७० को दशकमा १२ हजार ७ सय ४५ व्यक्तिमा निगरानी गर्न सुरु गरे । अध्ययनको सुरुवातको समय चार-चार प्रतिशत रोगीमा 'ज्यानथेलास्माटा' नाम गरेको दाग थियो ।३३ वर्षपछि तीमध्ये १ हजार ८ सय ७२ व्यक्तिलाई हृदयाघात भयो, ३ हजार ६ सय ९९ व्यक्तिलाई मुटु रोग भयो र ८ हजार ५ सय ७ व्यक्तिको मृत्यु भयो । तथ्यांकले के स्पष्ट पार्छ भने जसको आँखाका छेउछाउमा पहेंलो चिनो थियो, उनीहरूमा यसको बढी खतरा थियो ।
ह्रदयाघात किन हुन्छ र यसको उपचार
पहेंलो चिनो भएका ४८ प्रतिशत व्यक्तिमा हृदयाघात हुने आशंका बढी थियो, ३९ प्रतिशत व्यक्तिमा मुटु रोग हुने आशंका बढी थियो र १४ प्रतिशत व्यक्तिको अध्ययनको समयमा मृत्यु भयो । हृदयाघातको सम्बन्ध महिलाको दाँजोमा ७० वर्षदेखि ७९ वर्षका पुरुषहरूमा बढी देखियो ।
सं सारभरि नै मुटु र यस सम्बन्धी कारणले सबैभन्दा धेरै मृत्यु हुने गरेको छ । अल्प उमेरमा मृत्यु हुनेहरूमा ८० प्रतिशत यही कारणबाट भइरहेका छन् । हरेक १० वटा मृत्युमा एउटा मुटुसँग सम्बन्धित रोगको कारणबाट हुने गर्छ । जम्मा १ करोड ७५ लाख मान्छे हरेक साल यही कारणबाट मर्छन् ।
यस रोगका कारणमा खाना, शारीरिक परीक्षण नगर्ने,सुर्तीजन्य पदार्थ उपयोग -धूमपान), रक्सी धेरै पिउने र उच्च रक्तचाप हुन् । यसैगरी रगतमा चिल्लो पदार्थ बढी हुने चिनीको मात्रा बढी -मधुमेह), वजन ज्यादा हुने -मोटो हुने रोग), आफ्नो परिवारमा यदि मुटुरोग छ र नकारात्मक तनावहरू छन् भने त्यो पनि यस रोगको कारण बन्न जान्छ । मुटुरोगले धनी, गरिब, सहरका, गाउँका भनी भेदभाव गर्दैन । अझ खास ध्यान दिनुपर्ने के छ भने यो रोग होनहार उमेरमै लाग्छ, बूढो हुनु पर्दैन । नेपालमै १९ वर्षकै उमेरमा हृदयाघात भएको पाइएको छ । अचेल ३० वर्ष नाघेकाहरूमा यसको प्रकोप बढी देखिन थालिसकेको छ । यो कुनै धनीलाई नभएर झन् गरिबलाई र गरिब मुलुकमै बढेको आँकडाले देखाइराखेको छ । तसर्थ यसपालि विश्व मुटु महासंघले हरेकलाई मुटुलाई माया गर्न खानपान, रहनसहन, राम्रा चालचलन गर्न, एउटा मुटुले पूरा परिवारको मुटु, परिवारपरिवारबाट राष्ट्रको मुटु र सारा संसारमै मुटु बचाउन आह्वान गरेको छ ।
यो रोग अब व्यक्ति, परिवार, समाज र राष्ट्र हुँदै संसारबाटै नियन्त्रण गर्न आवश्यक भइसकेको छ । हामीलाई थाहा छ मुटुरोग र यस सम्बन्धी अरू रोग बढाउने कारणमा वंशानुगत कुराबाहेक अरू सबै कुरा व्यक्तिले आफैं नियन्त्रण गर्न सक्छ । जस्तैः वजन ठीक राख्ने, नियमित व्यायाम गर्ने, फलफूल, सागसब्जी ज्यादा खाने, आफ्नो रक्तचाप, मधुमेह, रगतको चिल्लो पदार्थको अवस्था ठीक ठाउँमा राख्ने, नचाहिँदो तनावबाट टाढै बस्ने इत्यादि । यी सबै कुरा हामीले घरबाटै नियन्त्रण गर्न सकेमा आफ्नो परिवारका सदस्यको मुटु धेरै हदसम्म बचाउन सकिन्छ ।
आजभोलि धेरै जना आराम गर्न भनेर टिभी हेरेर समय बिताउँछन् । यो नगरेर सबै परिवार मिलेर कतै घुम्न जाने, हिँड्ने, डाँडो चढ्न जाने, खेल्ने गरे कति राम्रो हुन्थ्यो । आफ्नै घरमा बिचरा साना नानीहरूलाई ठूला मान्छेले धूमपान गरेर उनीहरूको कलिलो ज्यानमा कति नकारात्मक प्रभाव परेको हुन्छ, त्यो बाट बचाउन सकिन्छ । चुरोटले मुटुको रोग लगाउने एउटा प्रमुख भाग ओगट्छ ।
घरमा खाना खाँदा मुटुलाई माया गर्ने खाना खान सकिन्छ, नुन कम, चिल्लो कम, हरियोपरियो सागसब्जी, रेसा भएका सादा खाना । माछामासु जति सकिन्छ कम । दिनको ५ सय ग्राम फलफूल खानु भनिएको छ । घर नै त्यो ठाउँ हो जहाँ मुटुको रोगको लक्षण देखा पर्छ । तसर्थ घरपरिवारका सदस्यहरूमा यस रोगका बारेमा जानकारी भयो भने समयमै उपचार गर्न पाइन्छ । हामीलाई थाहा छ मुटुरोगको उपचारमा समय धेरै महत्त्वपूर्ण हुन्छ । समय नै मुटुको मांसपेशी हो भनिन्छ किनभने जति चाँडै उपचार गर्न पाइयो त्यति चाँडो नै मुटुलाई धेरै बचाउन सकिन्छ । यसकारण नेपालमा पनि यस रोगको प्रारम्भिक उपचारबारे परिवारका सदस्यलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जानकारी गराउँदै आएको छ ।
यी सबै गर्न केही गाह्रो छैन, खालि इच्छाको जरुरत छ । यो महामारीबाट बच्न हरेक व्यक्तिले आफ्नो घरबाट यो पुण्य काम सुरु गर्नुपर्छ । यसमा समाज, सरकार र सबै संघसंस्थाको गहन जिम्मेवारी हुन्छ । हामी सबै मिलेर यसका विरुद्धमा लागेनौं भने हामीले धेरै ठूलो मूल्य चुकाउनपर्छ ।
आज पश्चिमी समाजले पनी परिवारको महत्त्व पुर्बेली ढाँचाले बुझ्न थालेका छन्, उनीहरू हाम्रो संस्कृतिको सिको गर्दै छन् । हामीचाहिँ उनीहरूले फालेका चालचलन, खानपिन सिकेर गर्व गर्न थालेका छौं । हामी आफ्नो संकृति, रीतिरिवाज, चालचलन बचाएर राखौं, त्यसमा भएका धेरै राम्र्रा कुरा छन्, जसले हामीलाई हरेक क्षेत्रमा मद्दत गर्छ । मुटुरोग भयंकर डरलाग्दो भए पनि समयमै ध्यान पुर्याएको खण्डमा यसबाट बच्न सकिन्छ । तर यसका लागि व्यक्ति, परिवार, समाज र सरकार सबै एकसाथ लाग्नुपर्छ । यसको उपचार यति महँगो छ कि हामीजस्ता गरिब राष्ट्रका मान्छेको त के कुरा धनी राष्ट्रका मानिसलाई पनि गाह्रो पर्छ । त्यसैले योबाट बच्नु नै हाम्रा लागि एक मात्र उपाय हो ।{लेखक मेडिकेयर नेसनल हस्पिटलका चिफ कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् ।}
विकसित देशहरूमा यो रोगको भार कम हुँदै गए तापनि नेपालजस्ता विकासशील देशमा यसको खतरा बढ्दै गएको छ । नेपालको चिकित्सा क्षेत्रमा धेरै प्रगति भइसके तापनि हामी यो महामारी रोगलाई नियन्त्रण गर्ने अवस्थामा छैनौं । मुटुको रोगबारे पूर्वजानकारी दिने लक्ष्यसहित हामीले यस क्षेत्रका प्रबुद्ध चिकित्सकहरूबाट जानकारी बटुलेका छौं ।
उच्च रक्तचाप
डा. डीबी कार्की
सामान्य रक्तचाप भनेको १२०/८० हो । नेपालका सहरी क्षेत्रका करिब एक चौथाइ जनसंख्यालाई उच्च रक्तचापको सम्भावना छ । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ । कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५ को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ । सामान्य रक्तचाप भएको ५५ वषर्ीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ ।
उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ । २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन् । खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन् । उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ । रक्तचापलाई जहिले पनि १३०/८० मा सीमित राख्नुपर्छ । औषधी सेवन गरिरहेको भए चिकित्सकको सल्लाहबिना छाड्नु हुँदैन
मधुमेह र सुर्तीजन्य पदार्थ
डा. शेखर राजभण्डारी
हृदयरोगको एक प्रमुख कारक मधुमेह हो । मधुमेह नभएका मुटुरोगीलाई भन्दा मधुमेह भएकालाई हृदयाघात हुँदा मृत्युदर बढी हुने गरेको छ । मधुमेह बिनाका मुटुरोगीमा भन्दा मधुमेह भएका बिरामीमा हृदयाघात हुने सम्भावना २ देखि ५ गुना बढी पाइएको छ । सुर्तीजन्य पदार्थ तथा चुरोट सेवन मुटुरोगमा सबभन्दा बढी जोखिम निम्त्याउने अर्को कारण हो । हालसालैको अध्ययनबाट एउटा चुरोटको सेवनले मान्छेको जीवन ११ मिनेटले घटाउँछ । नेपालमा सुर्ती तथा चुरोट सेवनकर्ताको संख्या दिनानुदिन बढ्दैछ । धूमपान नगर्ने जनसंख्यामा पनि धूमपानका अम्मलीको धुवाँले वा सिगार, पाइप इत्यादि लिँदासमेत नजिकैका व्यक्तिको मुटुका धमनीमा असर पर्नसक्छ ।
कोलेस्टेरोलका केही तथ्य
डा. राजीव पाण्डे
कोलेस्टेरोल भनेको रगतमा हुने चिल्लो पदार्थ हो । रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ । यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ । कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ ।
४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ । यसको मात्रा घटाउने केही औषधी पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ । साधारणतया एक व्यक्तिमा कुल कोले
स्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ ।
ह्रदयाघात
डा. यादव भट्ट
मुटु विशेष किसिमका मांसपेशी तथा तन्तुहरूबाट बनेको पम्प हो । यसले शरीरका विभिन्न भागबाट मुटुमा प्रवाहित हुने रगतलाई फोक्सोमा पम्प गर्छ । अक्सिजनसहितको शुद्ध रगत फोक्सोबाट पुनः मुटुमै ल्याई शरीरका विभिन्न अङ्गमा पम्प गर्छ । रगतमार्फत शरीरका प्रत्येक कोषबाट अक्सिजन तथा पोषणतत्त्व पुर्याउँछ । मुटुको काम यही हो । त्यसैले यो शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग मानिन्छ । मुटुका मांसपेशी तथा तन्तुमा रक्तप्रवाह हुनसकेन भने ती अकस्मात मर्छन् । मुटुले तत्कालै काम गर्न छाड्छ । यसैलाई हृदयाघात भनिन्छ ।
मानव शरीरलाई जीवन्त राख्न मुटुको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेकाले यसको काममा कुनै पनि अवरोधबाट मान्छेको मृत्युसमेत हुनसक्छ । यसले हृदयाघातको अवस्थामा तत्कालै गरिनुपर्ने उपचारको महत्त्व प्रस्ट्याउँछ ।
हाल उपलब्ध परिस्कृत र आधुनिक उपचार पद्धतिद्वारा हृदयाघातको उपचार समयमै गर्नसक्ने हो भने रोगीमध्ये ९० प्रतिशतको जीवन बचाउन सकिन्छ । हृदयाघात हुँदा तत्कालै २ चक्की एस्पिरिन चपाएर निल्नु पहिलो प्राथमिक उपचार हो ।
एन्जियोग्राफी र एन्जियोल्पाष्टी
डा. भारत रावत
कोरोनरी एन्जियोग्राफी विशेष प्रकारको एक्स-रे प्रविधि हो, जसमा मुटुतर्फ जाने धमनी -मुकुट धमनीमा) रङ्गनि तरल पदार्थ पठाइन्छ र मुटुको एक्स-रे लिइन्छ । यस परीक्षणले हृदयरोग विशेषज्ञलाई बिरामीको धमनीको रोकावटको संख्या, निश्चित स्थान र रोकावट बन्द भएको मात्र पत्ता लगाउन मद्दत पुर्याउ्ँछ । यो परीक्षण गर्न अन्दाजी १५-२० मिनेट लाग्छ । कोरोनरी एन्जियोग्राफी परीक्षण नेपालमा नियमित रूपमा गरिन्छ र धेरैभन्दा धेरै बिरामी यसबाट लाभान्वित पनि भएका छन् ।
एन्जियोल्पाष्टी : कोरोनरी एन्जियोल्पाष्टी बिना शल्यक्रिया उपचार गरिने प्रक्रिया हो । यो प्रक्रिया अपनाएर बिरामीको साँघुरिएको, बन्द भएको वा रोकावट आएको धमनी खोल्न एक विशिष्ट प्रकारले तयार गरिएको बेलुन क्याथेटर प्रयोग गरिन्छ । मानव शरीरमा सर्वप्रथम सन् १९७७ मा साधारण किसिमको बेलुन एन्जियोल्पाष्टी प्रक्रियापश्चात् धेरै बिरामीको धमनीमा पुनः अवरोध आउने वा साँघुरिनबाट जोगाउन मेटलको रिङ राख्ने प्रक्रिया सुरु गरिएमा यसलाई स्टेन्ट प्रत्यारोपण भनिन्छ ।
कोरोनरी स्टेन्टिङ : स्टेन्ट भन्नाले धातुको सानो गोलो रिङ हो । यसलाई धमनी पुनः बन्द हुन वा अवरोध हुनबाट जोगाउन टेवा पुर्याउन सक्नेगरी बनाइएको हुन्छ । कोरोनरी स्टेन्टिङ भनेको एउटा त्यस्तो प्रक्रिया हो, जसमा त्यो स्टेन्ट धमनीको साँघुरिएको भागमा जडान गरिन्छ । हाल बेलुन एन्जियोल्पाष्टी गराउने लगभग सबैमा मुटुका रोगीको धमनी खुल्ला राख्न स्टेन्ट प्रत्यारोपण गरिन्छ । संसारभर कोरोनरी एन्जियोल्पाष्टी अत्यधिक सफलतासाथ ९९ प्रतिशत धेरैभन्दा धेरै बिरामीमा गरिँदै आइएको छ । गत वर्षमात्रै विश्वभर २० लाखभन्दा बढी एन्जियोल्पाष्टी गरिए । नेपालमा हाल नर्भिक, गंगालाल, मेडिकेयर हस्पिटलमा एन्जियोल्पाष्टी गरिन्छ ।
आकस्मिक कोरोनरी एन्जियोग्राफी : हृदयाघातका बेलामा गरिने आकस्मिक कोरोनरी एन्जियोल्पाष्टीले बिरामीको ज्यान बचाउँछ । यो अलिक महँगो उपचार भए पनि यसले हृदयाघात भएका बिरामीलाई चाँडो निको पार्छ । साथै यसले बिरामीको मृत्यु वा हृदयगति बन्द हुनबाट बचाउन सक्छ ।
कोरोनरी आर्टरी बाइपास
डा. भगवान कोइराला
कोरोनरी आर्टरी बाइपास ग्राफिटङ भनेको मुटुमा रक्तप्रवाह पुनः गराउने एउटा शल्यक्रियात्मक प्रक्रिया हो । शल्यक्रिया त्यस्तो परिस्थितिमा गरिन्छ, जब मुटुमा रगत प्रवाह गराउने धमनीमै व्यापक रूपमा अवरोध आउँछ वा बन्द हुन्छ । यसलाई एन्जियोल्पाष्टीद्वारा खुलाउन असम्भव हुन्छ, सम्भवै भए पनि त्यसले अन्य ठूलो हानि पुर्याउन सक्छ । सामान्यतया बिरामीको मुकुट धमनीमा धेरैवटा अवरोध भएमा त्यस्ता बिरामीको उपचारनिम्ति शल्यक्रियाको बाइपास प्रविधि अपनाइन्छ ।
बाइपास सर्जरी गर्दा बिरामीको शरीरकै कुनै उपयुक्त नसा प्रयोग गरिन्छ । सामान्यतया बढी मात्रामा प्रयोग गरिने नसामा बिरामीको छातीको नसा हो भने अन्य छनोटमा बिरामीको पाखुरा, नाडीको नसा वा पिँडुलाका नसा पर्छन् । बाइपास शल्यक्रिया गर्ने विभिन्न तरिका छन् । शल्यक्रिया गर्दा बिरामीको रक्तसञ्चार 'हार्ट-लङ' मेसिनद्वारा कृत्रिम रूपमा मुटु पूर्णतया बन्द गराएर वा मुटु सुचारु रहेकै अवस्थामा गर्न सकिन्छ ।
बाइपास शल्यक्रियाका सबै तरिका तथा प्रविधि देशभित्रै उपलब्ध छन् । यहाँ गरिएका शल्यक्रियाका नतिजा उत्साहजनक रूपमा अन्तर्राष्ट्रिय स्तरका छन् । एकभन्दा बढी अस्पताल तथा बढी टोलीद्वारा यस्ता शल्यक्रिया नेपालमा नियमित रूपमा गरिँदै आइएको छ ।
इको कार्डियोग्राम
डा. एचएस सोढी
इको कार्डियोग्राम साधारणतया मुटुको अल्ट्रासाउन्ड हो । यो एउटा पीडारहित, बिनाचिरफार मुटुको परीक्षण हो यो मुटुको बनावट र कार्यक्षमता परीक्षण गर्न गरिन्छ । इको कार्डियोग्राम परीक्षणले मुटुमा भएको वा हुनसक्ने बनावट वा संरचनागत खराबीलाई पत्ता लगाउन मद्दत पुग्छ । इको कार्डियोग्रामले हृदयरोग विशेषज्ञलाई हृदयरोगीको मुटुको संरचनागत खराबी जन्मजात होस् वा पछि उत्पन्न, त्यसबारे विस्तृत सूचना प्राप्त हुन्छ । इको कार्डियोग्राम अर्थात् मुटुको अल्ट्रासाउन्ड हाल आएर सबै खाले मुटुरोगको एक अभिन्न र अनिवार्य परीक्षण बन्न पुगेको छ ।
ट्रेडमिल टेष्ट : कोरोनरी आर्टरी अर्थात् मुटुका मुकुट धमनीहरू विशेषतः सामान्य अवस्थामा -खुला) छन् वा छैनन् भनी पत्ता लगाउन वा निक्र्योल गर्न बिरामीको टे्रडमिल टेष्ट गरिन्छ । यो परीक्षण गराउँदा बिरामीलाई टे्रडमिल मेसिनमा केही जोडले हिँडेको जस्तो गरी पाइला चाल्न लगान्छ र इसीजी मनिटरिङ गरिन्छ । बिरामीले त्यसरी व्यायाम गर्दा उसको हृदयगति बढ्नलाई निश्चित गतिमा पुग्छ । त्यसबखत नै उसको इसीजीमा आएको निश्चित परिवर्तनलाई हेरिन्छ । यद्यपि टे्रडमिल परीक्षण अनुमान जुन शतप्रतिशत निश्चित नहुन पनि सक्छ । टे्रडमिल परीक्षण असामान्य देखिएको खण्डमा कोरोनरी एन्जियोग्राफीजस्तो मुटुरोगको निश्चित निदान अर्थात् किटर भन्न सकिने परीक्षणको योजना गरिन्छ ।
पेसमेकर प्रत्यारोपण
डा. सुनिचन्द्र झा
मुटुको पेसमेकर भन्नाले मुटुको गति वा धड्कन आवश्यक मात्रामा सुचारु गराउने र शरीरमा प्रत्यारोपण गराउन सकिने एउटा सूक्ष्म संयन्त्र हो । मुटुको धड्कन नियमित, स्थिर र आवश्यक मात्रामा सुचारु गराउनु मुटुरोग उपचारको महत्त्वपूर्ण पक्ष हो ।
सामान्यतया मुटुको धड्कन ६०-१०० प्रतिमिनेट हुने गर्छ । जब त्यो गति ४५ पटक प्रतिमिनेटभन्दा तल र्झछ, मस्तिष्कले समेत ठीकसँग काम नगर्ने, मूच्छर््रा पर्ने, रिङ्गटा लाग्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न थाल्छन् । यस्ता लक्षण दैनिक जीवनका विशेष परिस्थिति जस्तो कि गाडी चलाउँदा, व्यस्त सडक पार गर्दा, भर्याङ चढ्दा आइपरेमा भयावह स्थिति सिर्जना हुन जान्छ । यस्तो अवस्थाका बिरामीमा मुटुको पेसमेकर जडान गर्दा मुटुको गति वा धड्कनलाई नियमित र स्थिर राखी ६० विट्स प्रतिमिनेटभन्दा तल र्झन नदिएर जीवन सामान्य बनाउन सकिन्छ ।
ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad

No comments:
Post a Comment