हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Home » » मलाई सेक्सको अनुभव छैन ..दिपक विवाहित नभएको भए हामी बिहे गर्थ्यौं,,

मलाई सेक्सको अनुभव छैन ..दिपक विवाहित नभएको भए हामी बिहे गर्थ्यौं,,

Written By Unknown on Wednesday, January 7, 2015 | 12:09 AM

google add ya halne xml
google add ya halne xml

दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे । 

नेपाली सिने क्षेत्रमा ठूलो र सानो पर्दा दुवैमा जमेकी सीमित कलाकारमा मध्ये पर्छिन् दीपा श्री निरौला ।
त्यतिमात्र होइन उनी नेपाली सिने क्षेत्रमा पाको उमेर सम्म विवाह नगरी बस्ने सीमित कलाकारको सूचीमा पनि अग्रस्थानमै छिन् ।
नेपाली हेडलाइन्ससँग दीपाले यौन अनुभव, विवाहको चाहाना देखि कलाकारिता सम्मका विषयमा अन्तरंग कुरा खुलेर गरेकी छिन् ।
प्रस्तुत छ हेडलाइन्सका महेश चौरसिया र गोकर्ण लामिछानेले दीपासँग गरेको अन्तरंग कुराकानिः


व्यस्त दिनचर्याकाबीच व्यक्तिगत समय कसरी निकाल्नु हुन्छ ?
खासै गाह्रो हुदैन । समय मिलायो भने सवै काम सम्भव हुनेरहेछ । सार्वजनिक मान्छेको व्यक्तिगत जीवन हुदैन भन्छन् । त्यसैले कामलाई बढी प्राथमिकता दिन्छु ।
‘तितोसत्य’ सुरु भएकै झन्डै १३ वर्ष पुगिसक्यो । यसरी हप्तैपिच्छे कार्यक्रम तयार गर्नुपर्दा विषयबस्तु कसरी छान्नुहुन्छ? 
राजनीतिक अवस्था अस्तव्यस्त भएको मुलुकमा सामाग्रीको अभाव नै हुदैन । कार्यक्रमको मुख्य सामाग्री नै राजनीतिक व्यंङ्गमा आधारित हुन्छ ।
राजनीति सुध्र्यो भने कन्टेन्टको अभाव होला नि त ?
म त भन्छु बरु कार्यक्रम बन्द भए होस् तर राजनीति सुर्धे हुन्थ्यो ।
‘छ एकान छ’ फिल्मले राम्रै सफलता पायो । अर्को फिल्म पनि बनाउने होला नि त ?
‘वडा नम्बर छ’ फिल्म बनाउने तयारी हुदैछ । स्क्रिप्ट लेख्ने काम भइरहेको छ ।
‘छ’ लाई नै किन छान्नु भएको हो ?
‘छ’ हाम्रो लकी नम्बर सावित भयो ।
थुप्रै नेपाली चलचित्र असफल भइरहेको सन्दर्भमा ‘छ एकन छ’ ले राम्रै व्यापार गर्यो । खासमा फिल्म चल्ने आधार के हो ? 
कथाबस्तु, लोकेसन अनि प्रस्तुति ।
अग्निपथ’ चलचित्रबाट तपाईले ठूलो पर्दामा सुरुवात गर्नुभएको थियो । फेरि बीचमा किन हराउनु भयो ?
म आफूलाई एउटा नायिका भन्दा पनि कलाकारका रुपमा लिन्छु । उसो त नायिका हुने त हरेकलाई रहर हुन्छ तर प्रस्ताव आएका रोलहरु नै त्यति मन परेनन् । तितो सत्यमा पनि व्यस्त भइयो । बडा नम्बर छ को तयारी हुदैछ त्यसैमा देखिनेछु ।
कलाकार असफल हुनुको कारण के लाई मान्नुहुन्छ ? 
अनुहार, जीउ, बोली र हाउभाउ सुहाउदो रोल मात्रै गर्नु पर्छ । तर जो पायो त्यही रोल गर्यो भने कलाकार मात्र होइन फिल्म पनि चल्दैन ।
कलाकारलाई प्रशंसा कतिको आवश्क छ ?
प्रशंसाले प्रोत्साहन गर्छ । सायद मैले दर्शकको माया र प्रशंसा नपाएको भए यहासम्म पुग्न सक्थेन ।
अहिलेसम्म बिहे किन गर्नु भएन ?
राम्रो केटा नै भेटिएन (लामो हासो) । हेर्नुस् विवाह भन्ने कुरा भाग्यमा लेखेरै आउनु पर्छ । ५५ वर्ष भएपछि राजेश दाईले अस्ति भर्खर बिहे गर्नुभयो । हतार गर्न हुदैन । भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ ।
राजेश हमालले त बिहे गरिसके अब तपाईले बिहे कहिले गर्नुहुन्छ ? 
अब धेरै ढिलो धेरै हुदैन । कम्तीमा दुई वर्ष भित्र म पनि बिहे गर्छु । राजेश दाई अविवाहित हुदा बिहेको प्रश्नबाट मलाई पन्छिन सजिलो थियो । अब त झन् अप्ठयारो पो भएछ ।
राजेश हमालको बिहेले तपाई किन अप्ठयारो ? 
अविवाहित संघको अध्यक्ष (राजेश हमाल) ले बिहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाई अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाईलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ । अब मैले सोध्नु पर्यो, राजेश दाई यति चाडै किन बिहे गर्नु भएको ?
यति लामो समय एक्लै जिम्दगी बिताउन गाह्रो हुदैन ? 
हुदैन । म त मेडिटेशन (ध्यान) गर्छु । त्यसैले ध्यान अन्त जादैन । त्यसो त एक्लै बस्न त को नै चाहन्छ र हतार छैन । राम्रो केटा भेटे बिहे गर्छु । प्रस्तावहरु थुप्रै आए तर गतिलो भएन ।
प्रेम प्रस्ताव कतिको आउछ ? 
थुप्रै आउछ । अचेल कम भइसक्यो । सुरुमा लव लेटर लेखेर, बाटोमा भेटेर प्रेम प्रस्ताव गर्नेले हैरानै बनाउथे । ३० वर्ष उमेर कटिसकेपछि प्र्रेम प्रस्ताव आउन छोड्छ । केटीलाई प्रेम प्रस्ताव आएन भने त त्यो केटी नै होइन नि । प्रोपेज नआउने त्यो महिला महिला होइन महेला हो ।
कस्तो केटाको खोजीमा हुनुहुन्छ ? 
मलाई रुप राम्रो भन्दा मन राम्रो भएको केटा चाहिन्छ । अहिले पनि ‘भेकेन्सी ओपन’ छ ।
तपाईलाई प्रेमको अनुभव छ ?
विद्यार्थी छदा मैले पनि मायाँ गरे । बिहे गर्ने मोडमा पुगेको थिए । तर त्यो प्रेम असफल भयो । एक पटक प्रेममा धोका पाएपछि कसैसंग माया नै बसेन ।
अनि सेक्सको अनुभव नि ? 
भएन । यो नितान्त निजि कुरा हो तर मलाई सेक्सको अनुभव छैन ।
दिपकराज गिरीसंग काम गरेको दशकौं भइसक्यो । रिल लाइफमा तपाईहरु पतिपत्नि हुनुहुन्छ । वास्तविक जीवन हामी पतिपत्नि भए हुन्थ्यो जस्तो लाग्दैन ? 
दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे ।
अन्त्यमा केही भन्नु छ? 
दर्शकले यसरी नै माया गर्दिऊन् बाँकी पुगेकै छ । स्रोत - साभार / हाम्रो संदेश 
ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad
Share this article :

No comments:

Post a Comment

 
Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger