हेल्थ संसारमा तपाईहरुलाई स्वागत छ ,यो पूर्ण रुपमा स्वास्थ्य समस्या र शिक्षा को लागि हो ,कुनै पनि स्वास्थ्य समस्या लेखेर पठाउनु होला हामी सक्दो तेस्को बारेमा सरल बुझ्ने भाषामा जानकारी दिने कोसिस गर्नेछौ प्रत्येक लेख बाट लाभ प्राप्तिको लागि एसको ओफिसिअल PAGE LIKE गर्न तथा आफ्नो साथी र आफन्त हरु माझ SHARE गरि सामाजिक काममा सहयोग पुर्याऊन हुन हार्दिक अनुरोध गरिन्छ धन्येबाद ,
Home » » विवाहपूर्व यौन आनन्द कसरि लिने र सुरक्षाको उपाय

विवाहपूर्व यौन आनन्द कसरि लिने र सुरक्षाको उपाय

Written By Unknown on Wednesday, December 31, 2014 | 8:35 AM

google add ya halne xml
google add ya halne xml
                                                           विवाहपूर्व यौनसम्पर्क नगर्ने निर्णय

विवाहपूर्व यौनसम्पर्क राख्नुको आ-आफ्नै प्रभाव पर्न सक्छ । अहिले आधुनिक समाजमा विवाहको उमेर पछिल्तिर धकेलिएको छ, तर यौनचाहना किशोरावस्थादेखि नै तीव्र हुने कुरा यथार्थ हो । किशोरावस्थामा हुने असीम यौनचाहना शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् । त्यसबाट पर्न सक्ने प्रभावका सम्बन्धमा प्रत्येक किशोरकिशोरीले जानकारी राख्नु आवश्यक छ अन्यथा सामाजिक रूपमा अमान्य भएका कारण सामाजिक बहिस्कार तथा हेंलाको सामना गर्नुपर्ने हुनसक्छ । यस किसिमको यौनसम्पर्क प्राय:जसो हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहने सम्भावना हुन्छ । यदि गर्भ रहे बेइज्जती सहनुपर्ने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हुन सक्छ । त्यसबाट गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्या पनि सामना गर्नुपर्ने हुन सक्छ ।

अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको आफ्नै समस्या छ । त्यसैले विचार नपुर्‍याई गरिने यौन सम्पर्कबाट बच्नु आवश्यक छ । जति सानो उमेरमा यौन सम्पर्क सुरु गर्‍यो त्यति नै धेरै यौन साथी हुने सम्भावना हुन्छ, जसले जोखिमलाई बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ । त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय दुवै जना मिलेर गर्नु राम्रो हो । यस्ता निर्णय वा भनौं अठोटलाई पालना गर्न नसक्दा समस्यामा परिन्छ नै ।

वैकल्पिक यौन आनन्दका उपाय
वैकल्पिक यौन आनन्दका उपाय वा सुरक्षाका उपायहरूको पनि राम्रो जानकारी हुनुपर्छ । तपाईहरूले एक्लै हुँदा हस्तमैथुन गरेर यौन आनन्द लिने कुरा गर्नुभएको छ । वास्तवमा यो एउटा राम्रो उपाय हो । हस्तमैथुनवाट खराबी हुन्छ भन्ने अनेक मित्था धारणा विद्यमान छ । वास्तवमा यो सत्य होइन । यौन आनन्द पाउने उपायहरूमध्ये सबैजसोका लागि यौनअङ्गको घर्षण नै प्रमुख हो । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो । त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानी हुन्छ भन्न मिल्दैन । सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनाववाट मुक्ति दिलाउँछ । यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगवाट पनि जोगाउँछ भने अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौनरोगहरू लाग्नबाट पनि जोगिन सकिन्छ ।

एक्लै बस्दाको मुखमैथुन
एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ । वास्तवमा मुखमैथुन भन्दा १.लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुखमैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (anilingus) लाई बुझ्नुपर्छ । तपाईंले एक्लै बस्दा मुखमैथुनको कुरा गर्नुभएको छ र यो कसरी हस्तमैथुनजस्तो एक्लैले गर्न सम्भव होला ? थाहा भएन । एकपल्ट स्पष्ट पारिदिनुभए आभारी हुने थिएँ ।

महिनावारी र गर्भ रहने कुरा
पहिलो महिनावारी भएपछि पनि किशोरीहरूमा त्यसले नियमितता प्राप्त गर्न केही समय लाग्छ । त्यसबाहेक तनाव वा अन्य शारिरीक तथा मानसिक परिस्थितिले यसलाई केही अनियमित तुल्याउन सक्छ । गर्भ रहन पुरुषको वीर्यमा भएको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनु आवश्यक छ । महिलामा डिम्ब निष्कासन सामान्यत: मासिक रूपमा हुन्छ । सामान्यत: महिनावारी सुरु भएको यस्तै १४ दिन पहिले डिम्ब निष्कासन हुन्छ । यदि त्यस दिनको हाराहारीमा यौनसम्पर्क भै वीर्यस्खलन योनिमा भएको छ भने गर्भ रहने सम्भावना बढी हुन्छ । महिनावारी अनियमित हुने महिलाको सन्दर्भमा भने कुन दिन यौनसम्पर्क राख्दा गर्भ रहन्छ अनि कुन दिन राख्दा रहँदैन भन्ने पक्का गर्न सजिलो हुँदैन । बाहिर स्खलन गर्दा सम्भावना कम भए पनि अन्य प्रभावकारी गर्भ निरोधको तुलनामा यसले राम्रोसँग काम गर्न सक्दैन ।

तपाईंको केटासाथीको उमेर थाहा भएन, तर विशेष गरेर किशोरहरूले स्खलन अघि ठीक समयमा लिङ्ग झिक्न नसक्ने हुन सक्छ । के गर्ने त ?
 तपाईंको समस्या भनेको तपाइर्ं र तपाईंको केटासाथीले गर्नुभएको विवाहपूर्व यौनसम्पर्क नराख्ने निर्णय पालना गर्न नसक्नु हो । इच्छा र काम गराइमा फरक पर्दा समस्या भोग्नुपर्छ । त्यसैले यतातिर पनि ध्यान दिनुपर्छ । महिनावारी भएन र गर्भ रहेको शंका लागे गर्भ रहे-नरहेको पत्ता लगाउन पिसाब परीक्षण गराउनुहोस् । महिनावारी अनियमित नै रहे स्त्रीरोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

अर्को महत्वपूर्ण कुरा, तपाईंहरूबीचमा हुने यौन सम्पर्कलाई सुरक्षित बनाउन आवश्यक छ । आक्कलझुक्कल यौनसम्पर्कका लागि कन्डम प्रयोग गरे पनि नियमित रूपमा यौनसम्पर्क हुने स्थितिमा अन्य प्रभावकारी गर्भनिरोधका उपाय अपनाउनुपर्ने हुन्छ । साप्ताहिक 
ज्ञान बाड्नु सबै भन्दा ठुलो धर्म हो ...एस्लाई सक्दो SHARE गरि आफन्त तथा साथी भाई सम्म पुराउनु हुन अनुरोध गर्दछु साथै येस्ता ज्ञान बर्धक कुरो पढी रहन ALL TENSION PAGE LIKE गर्न नभुल्नु होला मित्र धन्येबाद
post body down ad
Share this article :

No comments:

Post a Comment

 
Support : Health Sanshar | Health sanshar | Health sanshar
Copyright © 2015. HEALTH SANSAR - All Rights Reserved
Template Created by Health sanshar
Proudly powered by Blogger